राष्ट्रिय पुँजी निर्माण गर्ने महाअभियान सुरु गरौं: पूर्व मुख्यमन्त्री अधिकारी
पाेखरा | असार २, २०८१
पोखरा: नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले राष्ट्रिय पुँजी निर्माण गर्ने महाअभियान सुरु गर्नुपर्ने बताउनु भएको छ ।
शनिबार पोखरामा आयोजित नेकपा (एमाले) बुद्धिजीवी इलाका कमिटी कास्कीको नवौं इलाका अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यसको लागि उद्योगलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
विदेशको उत्पादन बेच्दै दलाल पुँजीवादको सेवा गरेर राष्ट्रिय पुँजी निर्माण गर्न नसकिने उहाँको भनाई थियो । ‘हामीले उद्योग नखोलिन्जेलसम्म राष्ट्रिय पुँजी निर्माण हुँदैन । उद्योगलाई प्राथमिकता दिनुपर्छ’ उहाँले भन्नुभयो ।
त्यसको लागि पब्लिक प्राइभेट पार्टनरसिप (पिपीपी) मोडल मार्फत जनतालाई समेत उद्योगको शेयर दिने खालका कार्यक्रम ल्याउनुपर्नेमा उहाँको जोड छ ।
विगतका गुणगान मात्र नगाएर सुन्दर भविष्य निर्माण गर्न विना अन्यौल अगाडि बढ्नुपर्ने बताउनुभयो ।
‘अब हामी विगतका गुणगान गाएर समय बर्बाद गर्न सक्दैनौं, जे भयो धन्यवाद नै छ, हामी वर्तमानमा उभिन्छौ र भविष्य बनाउन विना अन्योल जानुपर्नेछ’ उहाँले थप्नुभयो ।
नेपाली मोडलको समाजवादको अर्थतन्त्र कस्तो हुने भन्नेमा छलफल चलाउनुपर्ने भन्दै बुद्धिजीवीलाई त्यसको अगुवाई गर्न आग्रह गर्नुभयो ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

